आँखा स्वस्थ राख्ने तरिका

320
Shares

आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । त्यसैले आँखालाई स्वस्थ बनाई राख्नको लागि बिभिन्न किसिमका हरिया सागसब्जी, ताजा फलफूल साथै भिटामिनको पनि आवश्यकता पर्दछ । आँखा स्वस्थ र तेजिलो बनाई राख्नको लागि निम्न कुराहरु उपनाउन सकिन्छ ।

१. पानी तथा तरल पदार्थहरु र जुसको सेवन गर्नु उपयुक्त हुन्छ । यसले आँखालाई स्वस्थ बनाउन मद्दत गर्छ ।

२. दिनमा दुई देखि तीन पटक सम्म सफा पानीले अनिवार्य धुनु आवश्यक हुन्छ ।

३. अन्य चिया वा कफी भन्दा ग्रिन टीको सेवन गर्नु उपयुक्त हुन्छ किनभने यसमा कोटिचिन्स् नामक एन्टी अक्सीडेन्ट हुन्छ र यसले आँखाको रक्षा गर्न मद्दत गर्छ ।

४. घरमा तथा अफिसमा कम्युटर तथा ल्यापटपको प्रयोग गर्दा त्यस्ता वस्तुलाई कम्तिमा आँखा भन्दा २० सेन्टीमिटर देखि ३० इन्चसम्म टाढा राख्नुका साथै टि.भी हेर्दा ३.५ मीटर परबाट हेर्नु उपयुक्त हुन्छ ।

५. कम्तिमा पनि दिनको ६ देखि ८ घन्टा आरामसंग निदाउनु पर्छ । जसले आँखा प्राकृतिक रुपमा तेजिलो र स्वस्थ रहन मद्दत गर्छ ।

एजेन्सीको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *