सुर्ती सेवनबाट नेपालमा दैनिक ५० जनाको मृत्यु

no tobaccoचितवन – सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा दैनिक झन्डै ५० जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज पूर्वी चितवनको सौराहामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालको कुल जनसङ्ख्याको करिब ५० प्रतिशत मानिसले खुलेआम तथा लुकीछिपी सुर्तीजन्य प्रदार्थको सेवनबाट क्यान्सरजस्तो भयानक रोगले बर्सेनि १७ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युदर ६२ प्रतिशत रहेको बताए । उनले सर्नेभन्दा नसर्ने रोगबाट मर्नेको सङ्ख्या बढिरहेको समेत बताए ।

विश्व स्वास्थ्य सङ्गठनकी नसर्ने रोगको स्रोत व्यक्ति डा।लोनिम प्रसाईं दीक्षितले ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत भएको बताइन ।नसर्ने रोगहरु क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुरोग सुर्तीजन्य पदार्थको सेवन र खानपानका कारण लाग्ने गरेको छ ।

कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले मृत्युदर घटाउन विसं २०६३ मा बनेको कानुन परिमार्जन गरी विसं २०६८ मा पारित ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताइन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *