देशका ४७ जिल्लामा जापानीज इन्सेफ्लाईटीस विरुद्धको खोप दिइदै

jeकाठमाडौँ – सरकारले आगामी २६ बैशाख देखि देशका ४७ जिल्लामा जापनीज इन्सेफलाइटीस रोग विरुद्धको खोप लगाउने भएको छ । लाखखुट्टेको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत देखिएपछि विशेष कार्यक्रमको रुपमा यो खोप सञ्चालन गर्न लागिएको हो ।

यसअघि तराई र काठमाडौँ पोखरा तथ सुर्खेत उपत्यकामा सञ्चालन भएको खोप अभियान अहिले पहाडी र हिमाली जिल्लामा सञ्चालन गर्न लागिएको छ । त्यसबाहेक रोग नियन्त्रणमा नआएको झापा मोरङ सुनसरीमा पनि खोप सञ्चाल गर्न लागिएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जलबायु परिवर्तनले मौसममा आएको परिवर्तन , मानिसहरुको रहनसहन र बसाईसराई आवतजावतका कारणले पछिल्लो समय पहिले चिसो भनिएका जिल्लाहरुमा पनि यो रोगको खतरा बढ्दै गएको बताए ।

खोपशाखाले पहिलो चरणमा सुरु भएको विशेष अभियानमा १ देखी १५ बर्ष उमेरका बालबालिकालाई खोप दिने तयारी गरेको छ । त्यसलगत्तै यो खोपलाई नियमित खोप तालिकामा राखेर जन्मेको ठिक एक बर्ष पुगेपछि अर्थात १२ महिनाका बालबालिकालाई खोप दिने तयारी भएको गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *