जीका फैलाउने लामखुट्टेको बन्ध्याकरण गर्दै बैज्ञानिक

jika virus

एजेन्सी – पश्चिमा मुलुकमा केही महिना देखी फैलिरहेको जीका भाईरसको प्रकोप रोक्न बैज्ञानिकहरुले अचम्मको प्रस्ताव अघि सारेका छन् । उनीहरुले जीका प्रभावित क्षेत्रमा भएका एइडिस भाले लामखुट्टेलाई नियन्त्रणमा लिई गामा रेडियसन प्रविधिबाट उसको बन्ध्याकरण गर्ने प्रस्ताव अघि सारेका हुन् ।

यसपछि लामखुट्टेको नयाँ सन्तान जन्मन पाउँदैन र रोग नियन्त्रणमा आउँछ भन्ने बैज्ञानिकहरुको विश्वास छ । जीका भाइरस पोथी एडिसको टोकाइबाट लाग्ने रोग हो ।

इन्टरनेसलन एटोमिक इनर्जी एजेन्सीले सारेको यो अवधारणामा जीका प्रकोप फैलिरहेको देशरुमा बन्ध्याकरण गरिएका भाले लामखुट्टे छाडिने योजना बनाएको हो । यसको लागि ब्राजिलको मोस्काम्ड रिसर्च सेन्टरमा ‘कोबाल्ट –६० गामा सेल रेडिएटर’ नामक मेसिन पठाइदै छ ।

रिसर्च सेन्टरका प्रबन्धक जैर भर्जिलियो भन्छन् , ‘यो मेसिनले प्रति हप्ता १२० लाख भाले लामखुट्टेको बन्ध्याकरण गर्नेछ र बध्याकरण गरिएका लामखुट्टेलाई बाहृय वातावरणमा छोडिनेछ । एस.आई.टी. नामक यस प्रक्रियामा लामखुट्टेका प्युपामा गामा रेडियसन पठाई त्यसलाई जन्मदै बाँझो बनाइने छ ।’

धेरै मात्रामा बन्ध्याकरण गरिएका लामखुट्टे उत्पादन गरेपछि केही समयमै जीका फैलाउने लामखुट्टेको बंश सखाप हुने बैज्ञानिकहरुको  विश्वास छ ।

बन्ध्याकरण गरिएका ठूलो मात्राको एइडिस लामखुट्टेले पोथी एडिसलाई आफ्नो मायाजालमा पारेर प्रजनन् कार्यमा सहभागी त हुन्छन् तर सन्तान भने जन्मदैन् । धेरै मात्रामा बन्ध्याकरण गरिएका लामखुट्टे उत्पादन गरेपछि केही समयमै जीका फैलाउने लामखुट्टेको बंश सखाप हुने बैज्ञानिकहरुको  विश्वास छ ।

एस.आई.टी. नामक यस खालको प्रक्रिया यसअघि अन्य अन्य थुप्रै किराहरुको महामारीबाट बचाइसकेको भए पनि जीकाभाइरस समस्यालाई कति सम्म हल गर्न सक्छ त्यो भने हेर्न बाँकी नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “जीका फैलाउने लामखुट्टेको बन्ध्याकरण गर्दै बैज्ञानिक

  1. उता बन्ध्याकरण गर्न थालिसके हामी भने जोगिनलाई अहिले पनि धुप बालेर बस्छौँ । प्रसंग : लामखुट्टेको बध्याकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *