नारी दिवसको अवसरमा धापासीमा स्वास्थ्य सिविर , ३२० महिलाको परीक्षण

tilingtarकाठमाडौँ – अन्तर्राष्ट्रिय  नारी दिवसको अवसर पारि कान्तिपुर जनरल अस्पताल बसुन्धराले एक दिने निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । धापासीस्थित तिलिङ्गाटार उच्चमाविमा राखिएको स्वास्थ्य सिविरमा ३२० भन्दा बढी स्थानीय महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रुपा झाको नेतृत्वमा गएको १० जनाको स्वास्थ्यकर्मी टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको थियो । डा. झाका अनुसार सिविरमा आएका अधिकांश महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखमा संक्रमण लगायतका समस्याहरु देखिएको थियो । सो अवसरमा टोलीले महिला स्वास्थ्यका विषयमा सामान्य प्रशिक्षण समेत दिएको थियो ।

डा. झाका अनुसार सिविरमा आएका अधिकांश महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखमा संक्रमण लगायतका समस्याहरु देखिएको थियो । सो अवसरमा टोलीले महिला स्वास्थ्यका विषयमा सामान्य प्रशिक्षण समेत दिएको थियो ।

अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको बताए । उनले बढी समस्या देखिएका महिलाहरुलाई सहुलियत दरमा थप उपचारको व्यवस्था समेत मिलाइएको बताए ।

अस्पतालले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा यसअघि नै दर्जनौँ पटक निशुल्क स्वास्थ्य सिविर आयोजना गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *