भक्तपुर क्यान्सर अस्पतालको सिटी डाइग्नोसिस सेन्टर सञ्चालनमा

nanda bahadur pun

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सिटी डाइग्नोसिस सेन्टर सञ्चालनमा ल्याएको छ । शनिबार नेपाल अर्वुध रोग निवारण संस्था तथा अस्पतालको २१ औ बार्षिकोत्सवको अबसरमा आयोजित विशेष समारोहबीच उपराष्टपति नन्दबहादुर पुनले सो सेन्टरको उदघाटन गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले क्यान्सरको जोखिमबाट बच्न खानपान जीवनशैली र सतर्कता आवश्यकता भएको बताए । उनले एक लाख नागरिक मध्ये १२० जनालाई क्यान्सर लाग्ने गरेको भन्दै यसको निराकरणका लागि जनचेतना जगाउनुको विकल्प नभएको बताए ।

उनले सरकारले विपन्न कोषमार्फत गरिब तथा विपन्न क्यान्सर बिरामीको उपचारका लागि रु एक लाख अनुदान दिँदै आएकामा अब कम्तीमा रु तीन लाख दिनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु एक लाखभन्दा बढी आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । त्यसैगरी क्यान्सर अस्पतालका संस्थापक एवम् क्यान्सर विशेषज्ञ स्वर्गीय डा अन्जनीकुमार शर्माको नाममा स्थापना गरिएको अन्जनीकुमार शर्मालाई उत्कृष्ट अनुशासन पुरस्कार २०७२ बाट ल्याब टेक्निसियन अविनाशकुमार कर्ण र लेखा शाखाका प्रबुद्धजङ्ग रायमाझीलाई सम्मान थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *