चम्ल्याहा शिशुको उपचार ग्रिनसिटीमा नि:शुल्क

chu7
गीता कुँवर र उनका चम्ल्याहा सन्तान ग्रिनसिटी हस्पिटलमा

काठमाडौँ – एकैपटक जन्मेका चारजना (चम्ल्याहा) शिशुको उपचार बसुन्धरास्थित ग्रिनसिटी हस्पिटलले निशुल्क सुरु भएको छ । चार मध्ये गम्भीर विरामी भएका एकलाई एनआइसीयुवार्डमा र अरु सामान्यलाई विशेष वार्डमा राखेर उपचार सुरु भएको अस्पतालले जनाएको छ ।

गुल्मी जैसीथोक २ रातापोखराकी २६ बर्षीया गीता कुवरले गत ३० पुसमा पाल्पास्थित लुम्विनी मेडिकल कलेज शिक्षण अस्पतालमा ४ मिनेटको अन्तरमा ४ जना शिशु जन्माएकी थिइन । दुई छोरा र दुई छोरी स्वस्थ रुपमा जन्मिएपनि दोस्रो शिशुमा केही समय अघि देखी गम्भीर स्वास्थ्य समस्या देखा परेको छ ।

सन्तान जन्माउनु अघि देखी नै अस्पताल बसेको कुवर परिबारले आर्थिक अभाव भएको भन्दै बच्चाको उपचारका लागि सार्वजनिक रुपमा अपिल जारी गरेपछि ग्रिनसिटी अस्पताल सहयोगका लागि अघि सरेको हो ।

ch2

‘तीन जनाको अवस्था सामान्य नै छ । एक जना अलि गम्भीर छ । देब्रे आँखामा गम्भीर समस्या छ , र उसलाई जण्डिस भएको छ । त्यसैले उसलाई एनआइसीयुमा राखी उपचार सुरु गरिएको छ,’ अस्तपालका अध्यक्ष लोकबहादुर टण्डनले नेपाली हेल्थसंग भने ।

त्यसो त अस्पतालले शिशुहरुसंग आएका आमा गीता, बाबु जनक कुँवर, शिशुका हजुरआमा र फुपु गरी चार जनाको खानेबस्ने समेत निशुल्क गरिदिएको जनाएको छ ।

शिशुका बाबु जनक कुँवरले सन्तान जन्माउनु अघि र पछि गरी करीब ४ महिना अस्पताल बस्दा ५ लाख बढी खर्च भएको भन्दै थप उपचारका लागि सहयोग माग्न थालिएको बताए । उनले दोस्रो शिशुको देब्रे आँखामा इन्फेक्सन भएर देख्नै नसक्ने भएपछि दाईने आँखा जोगाउन काठमाडौँ ल्याएको बताए ।

‘भैरहवास्थित लुम्विनी रणअम्बिका अस्पताल पुरयायौँ त्यहाँका डाक्टरले उपचार गर्छौ तर दुबै आँखा ज्योति गुम्छ भने । त्यसपछि हामी ऋण खोजेर काठमाडौँ आयौँ । यहाँ आउदा सहयोगी हात भेटियो । ग्रिनसिटीले हामीलाई सहयोग गरयो ।’

ch3

अस्पतालका अध्यक्ष टण्डनले शिशुका लागि कम्तीमा २१ दिनसम्म राख्नुपर्ने भएकोले सो अवधीको सम्पूर्ण खर्च अस्पतालले वेहोर्ने निर्णय भएको बताए । उनले त्यसपछि समेत सहयोग गर्न परे अस्पताल पछि नपर्ने बताए ।

चार बच्चा रहेको थाह पाएपछि कुँवर दम्पत्तीले गर्भपतन गर्न खोजेका थिए

अस्पतालमा भेटिएका जनकले श्रीमतीको कोखमा चार बच्चा रहेको थाह पाउनासाथ गर्भपतन गर्न खोजेका थिए । तर चिकित्सकले स्वस्थ रहेको भन्दै गर्भपतन नगर्न सल्लाह दिएपछि उनी पछाडी हटेका थिए ।

‘तीन महिनाकै समयमा अस्वाभाविक रुपमा श्रीमतीको पेट ठूलो हुँदै गयो । अनि तम्घासमा रहेको श्रृजना मेडिकल हलमा भिडियो एक्सरे गरायौँ । लुम्विनी मेडिकल कलेजका डाक्टर बुद्धिकुमार श्रेष्ठले तम्घासमै गएर हेर्नु भएको थियो । उहाँले नै बच्चा स्वस्थ रहेकोले गर्भपतन नर्गन सल्लाह दिनुभयो । त्यसपछि हामी पछाडी हट्यौँ ‘ जनकले  नेपाली हेल्थसंग भने ।

६ महिना देखी नै तानसेन आई निरन्तर चिकित्सकको निगरानीमा बसेकोले ८ महिनामा स्वस्थ बच्चा जन्माउन सफल भएको जनकले बताए । उनले अस्पतालले करीब २ लाख बराबरको उपचार निशुल्क गरिदिएको बताए ।

अघिल्लो पटक जुम्ल्याहा थिए

२०६९ सालमा विहाव गरेको कुँवर दम्पतीले २०७० सालमा जुम्ल्याहा छोरा जन्माएका थिए । तर ती सन्तानको उमेर एक साताको मात्रै रहयो । बुटवलस्थित आम्दा हस्पिटलमा स्वस्थ रुपमा जन्मेका दुई छोराहरु सात दिन र आठ दिनका दिन परलोक भए ।

पछिल्लो एकैपटक चार सन्तान जन्माएर देश विदेशमा चर्चा कमाएका कुँवर दम्पतीले बच्चाएको स्याहार सुसार उपचारमा भने निक्कै अप्ठेरो परेको बताए ।

उनले भने , चार वटा बच्चा छन, हेर्ने मान्छे पनि उत्तिकै चाहियो , एउटा विरामी हुँदा पनि आमा सहित चारजनालाई नै लिएर हिडनुपरयो । निकै गाह्रो हुँदो रहेछ । त्यसैले यी बच्चा नहुकन्जेलसम्मका लागि अस्पतालको नजिक बस्ने व्यवस्था कसैले मिलाइदिए निकै आभारी हुने थिए ।

सहयोग गर्न चाहनेका लागि बैँक खाता खुलेको छ

चम्ल्याहा बच्चाको हेरचाह र उपचारका लागि सहयोग गर्न चाहनेका लागि ग्रिनसिटी अस्पतालको रोहबरमा बाबु जनक कुँबर नाममा बैँक खाता खोलिएको छ । नविल बैक महाराजगञ्ज शाखामा खोलिएको खाता  नम्बर १५१००१७५०४८६४ मा सहयोगी मनहरुले रकम जम्मा गर्न सक्नुहुनेछ ।

ch5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चम्ल्याहा शिशुको उपचार ग्रिनसिटीमा नि:शुल्क

  1. Online news made a mistake on account name actual account name is janak kunwa but there is padam so please if any one wants to deposit some amount for help then please deposit on following a/c name and number 1510017504864 janak kunwar (nabil bank)

Leave a Reply to Narayan Cancel reply

Your email address will not be published. Required fields are marked *