नुवाकोटको बेत्रावतीमा ५९२ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

176
Shares

20160227_150410

नुवाकोट – गोसाईकुण्ड युवाक्लवको आयोजना र कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल बसुन्धराको प्राविधिक सहयोगमा बेत्राबती बजारमा एक दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

बेत्राबतीबजार स्थित रामचन्द्र निमाविमा प्राङ्गणमा शनिबार आयोजित सिविरमा ५९२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमा अस्पतालबाट बरिष्ट फिजिसियन, सर्जन, गाइनेकोलोजिष्ट, अर्थोपेडिक्स तथा डेन्टल सर्जनहरुको सहभागीता थियो ।

उनीहरुले जनरल मेडिसिन, हाड तथा नसा सम्बन्धी, स्त्रीतथा प्रसुतीरोग जाँच, जनरल सर्जरी, बाल रोग सम्बन्धी, मुख तथा दन्त उपचार सेवा दिएका थिए ।

20160227_142741

अस्पतालका जनस्वास्थ्य अधिकृत श्रद्धा अधिकारीका अनुसार सिविरमा ५० जनाले स्त्री तथा प्रसुतीरोगको जाँच, १६० जनाले हाड तथा नसा सम्वन्धी जाँच, १७७ जनाले जनरल मेडिसिन ७५ जनाले जनरल सर्जरी सम्वन्धी उपचार लिएका थिए । त्यस्तै डेन्टल तर्फ १२० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।

सिविरमा परीक्षण पश्चात आवश्यक पर्नेलाई निशुल्क औषधि समेत प्रदान गरिएको थियो । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्लवसंग मिलेर सो सिविर राखेको हो ।

20160227_174220

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *