फार्मासिस्ट नभएका चारवटा फार्मेसीमा ताला

2.1k
Shares

pharma sistचितवन – फार्मासिस्ट नबसी अर्कै व्यक्तिले औषधि बेचेको पाइएपछि औषधि व्यवस्था विभागले बुधबार भरतपुरका चारवटा औषधि पसलमा तालावन्दी गरेको छ ।

बुधबार अनुगमनका क्रममा नारायणगढको पोखरा बसपार्कमा रहेको स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो ।

सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन गरेको छ । सो क्रममा पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन भएको थियो ।

अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *