साबधान ! रोटाभाइरसको मौसम छ, आफ्ना बालबालिकालाई यसरी जोगाउनुस्

rota-virusकाठमाडौँ – यतिवेला उपत्यकाका हरेक जसो अस्तपालमा उपचारका लागि आउने बालबालिकामध्ये झण्डै ५० प्रतिशतलाई झाडा–बान्ता र पखलाको समस्या देखिएको छ । पखलाले ग्रस्त त्यस्ता बालबालिका मध्ये अधिकांश अर्थात झण्डै ७० प्रतिशतलाई रोटा भाइसरको संक्रमण भएको चिकित्सकहरूको दावी छ । र चिकित्सकहरू यो कुरामा पनि स्पष्ठ छन् कि, ‘यो अवस्था अहिले काठमाडौ उपत्यकाको मात्रै होइन देश भरीकै हो ।’

हुन त रोटा भाइरसले हुने पखलालाई ‘विन्टर डाइरीया’ अर्थात जाडोमा लाग्ने पखाला पनि भन्ने गरिन्छ । तर अहिलेको जस्तो मौसम अर्थात जाडोबाट विस्तारै गर्मी चडेको यो मौसम रोटा भाइरसका लागि सबैभन्दा अनुकुल भएको चिकित्सकहरू बताउछन् । काठमाडौँ उपत्यकामा केहीबर्ष यता देखिदै आएको यो भाइरस पछिल्लो समय मोफसलमा पनि आफ्नो प्रभाव विस्तार गरेको जिल्लामा देखिने रोटाभाइसरको संक्रमणमा देखिएको बृद्धिले पुष्ठि गरेको छ ।

रोटाभाइरस सबैभन्दा बढी १ देखी ५ वर्षसम्मका बालबालिकालाई प्रभाव पार्छ । त्यसबाहेक नवजात शीशु अर्थात एक बर्ष भन्दा कम वा ५ बर्ष माथिका बालबालिकाहरू पनि प्रभावित हुन्छन् । यसको मुख्य कारण सरसफाइको अभाव भएको चिकित्सकहरु बताउछन् ।

हुन त पछिल्लो पटक रोटा भाइरस विरूद्धको सुई पनि बजारमा आएको छ । तर अहिले सर्वसाधारणको पहुचमा यो सुई छैन । किनभने यो सुईको बजार मुल्य ५ देखी ६ हजार सम्म छ ।

फोहर मन पराउने यो भाइसर विशेष गरी जाडो र गर्मी मौसम दुवैमा देखिन्छ । अझ मौसम परिवर्तनको समयमा त यसले आफ्नो प्रभाव आक्रामक रूपमा विस्तार गर्न खोज्दछ । फोहर तथा दिसामा पाइने यो भाइरस विभिन्न माध्यमबाट मुख हुदै शरीरसम्म प्रवेश गर्छ । जव शरीरमा प्रवेश गर्छ त्यसले बालबालिकाको स्वास्थ्यमा ठूलो गडबढी मच्चाउछ ।

कसरी फैलन्छ रोटा भाइरस ?

कान्तिबाल अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार बालबालिकाहरूमा हुने झाडा बान्ता तथा पखला चलाउने विभिन्न भाइरस मध्ये ८० प्रतिशत हिस्सा रोटाभाइरसकै कारण हो ।

यो दिसा पिसाव संगै अन्य फोहरमा रहने किटाणु हो । मानिसको शरीरमा मुखबाटै प्रवेश गर्ने गर्छ । १ देखी ५ वर्ष सम्म बालबालिकाहरू सामान्य हिडडुल गर्ने र जे पायो त्यहि मुखमा हाल्ने हुँदा उनीहरूमा यो भाइरस छिटो प्रवेश गर्छ ।

अझ त्यो सानो बच्चामा रोगसँग लड्न सक्ने क्षमता समेत कम हुने भएकोले यसको संक्रमण बढी देखिने गरेको हो । मुखबाटै शरीरमा छिर्ने भएकोले चिकित्सकीय भाषामा यसलाई ‘फिक्को ओरल’ पनि भनिन्छ ।

यो प्रदुशीत बाताबरण, फोहर पानी, साग सब्जी र फुलफुुलमा पखाल्न प्रयोग हुने त्यहि असुद्ध पानीका कारणले रोटाभाइरसको संक्रमण दर बढेको हो । दुधे बालकलाई आमाले गर्ने सरसफाई, खाने कुराले पनि यसको संक्रमण बढाउने र घटाउने हुन्छ ।

लक्षण के हो ?

सुरूमा बान्ता हुनु : यो क्रम जुन एकदुई दिनसम्म पनि जारी रहन सक्छ ।
पखला चल्नु : बान्ता भएसंगै वा त्यसको एक दिन पछि पखला समेत चल्न थाल्छ । बान्ता एक दुई दिन पछि निको हुनसक्छ तर पखला कहिले काही ५–७ दिन सम्म पनि चल्न सक्छ । जति धेरै दिन पखला लाग्यो त्यत्तिनै बढी बालबालिकालाई असर गर्न सक्छ । अर्थात ५ दिन माथि लाग्न थालेपछि कडा जलवियोजन समेत हुनसक्छ ।
मन्द गतिको ज्वरो  : रोटा भाइसरले कडा ज्वरो निकाल्दैन । यसले सधै मन्द गतिको ज्वरो आउछ ।
झिज्झिने स्वभाव : बच्चाहरू झिज्झिने स्वाभाव हुन्छ ।
पेट दुख्ने र रूने : बच्चाहरूलाई पेट दुख्ने बढदै जान्छ जसले गर्दा ससाना बच्चाहरू रोइ रहन्छन ।
खान अरूची : बच्चाहरूमा खानाको रूची घट्न सक्छ ।
खतरनाक अवस्था : यी माथिका लक्षण संगै बच्चाको आँखा गड्यो भने, पेटमा मुजा प¥यो भने, खाएपछि बान्ता ग¥यो वा बेहोस भयो भने तत्कालै डाक्टर कहाँ लैजानुपर्छ ।

अन्य भाइरस भन्दा के फरक छ ?

प्राय झाडा पखला भाइरसले हुन्छ । केही व्याक्टेरियाले हुन्छ । तर व्याक्टेरियाले हुने झाडा पखलामा ज्वरो धेरै आउँछ र आँउ जस्तो दिशामा रगत देखा पर्छ । अर्को बुझनुपर्ने कुरा के भने झाडा पखला प्राय भाइरसले हुने रोग हो । त्यसैले एन्टीबायोटिक चलाउनु पर्दैन वा हुदैन पनि । केही मात्रै व्याक्टेरियाले लाग्छ त्यस्तो बेलामा मात्रै चलाउनुपर्छ । पखला लागेर जाने अधिकांश विरामीलाई अहिले कतिपय चिकित्सकहरूले ‘मेट्रिनिडाजोल’ एन्टीबायोटिक प्रयोग गर्छन जुन गलत हो ।

सतर्कता अपनाउन के गर्ने ?

– हात धोएर मात्रै खाने खुवाउने गर्नुपर्छ ।
– बच्चालाई सफा राख्ने, बच्चा बस्ने बाताबरण सफा राख्ने ।
– पानी उमालेर मात्रै पिउने ।
– सकिन्छ भने रोटाभाइरस विरूद्धको सुई लगाउने ।

सँक्रमण भएपछि के खुवाउने ?

दुधे बालकलाई दुध खुवाई राख्ने , अझ अरू बेला भन्दा छिटो छिटो चुसाउने वा पिवाउने । जीवनजल र साधा पानी पनि प्रसस्त खुवाउने ।
अन्नसुरू गरेका बालबालिकालाई जीवनजल र साधा पानीसंगै आमा दुध, जीवनजल , गेडागुडीको रस, दालको रस, दही, मही तथा कालो चिया दिन सकिन्छ ।

के नखुवाउने ?

ग्लुकोज पानी, रियल जुस, फ्रुटी, कोक, फेन्टा, पेप्सी र केरा खान दिनु हुदैन । पखला लाग्दा कहिलेकाही शरीरमा दुध पचाउने शक्ति ‘इन्जाइम’ नष्ट हुने भएकोले ‘जीरोल्याक’ भन्ने दुध खुवाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *