आठौँ अनसनको तयारीमा डा. गोविन्द केसी

dr-govinda-kc

नेपाली हेल्थ/ काठमाडौँ , चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पुरा गराउन सरकारलाई आइतबारसम्मको समय दिएका छन् । उनले आइतबार सम्म माग पुरा नभए सोमबार अपरान्ह ५ बजे देखी आमरण अनसन सुरु गर्ने बताएका छन् ।

उनले यस अघि दिएको दुई साताको समयसीमा बुधबार सकिएको छ । उनले बुधबार नै विज्ञप्ती जारी गरी १० माघ सम्मको समयसीमा दिएका हुन् । विज्ञप्तीमा भनिएको छ,‘शिक्षा मन्त्रीअझै पनि माग पूरा गर्न प्रयासरत रहेको तथा हाल संविधान संशोधनलगायतका काममा केन्द्रित भएकाले थप केही समय आवश्यक भएको जनाएकाले यही माघ १० गते सम्म सरकारलाई समय दिने र तबसम्म माग पूरा नभए माघ ११ गते सोमबार साँझ ५ बजेदेखि आमरण अनशन शुरु गर्ने जानकारी गराउँछु।’

 बुधबार विज्ञप्ती जारी गर्दै डा केसीले आफूसंग विगतमा भएका सम्झौताको कार्यान्वयन बताएका छन् । उनले भनेका छन्,‘चिकित्सा शिक्षा आयोग निर्माण र एउटा कथित प्रतिष्ठान सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने लगायतका माग सहित दिएको अल्टिमेटम बुधबार सकिएको तथा ती माग पूरा गर्ने दिशामा राज्यले ठोस कदम नचालेकाले हामी नयाँ चरणको आन्दोलन सुरु गर्न बाध्य भएका छौं।’

उनले स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा भइरहेका सुधारका प्रक्रिया अवरुद्ध गर्ने तथा विगतका सम्झौता विपरित चोर बाटोबाट नयाँ मेडिकल शिक्षण संस्थाहरु खोल्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *