ग्रीनसिटी अस्पतालको अध्यक्षमा पुन: टण्डन

lok
लोकबहादुर टण्डन

नेपाली हेल्थ /काठमाडौँ – बसुन्धरामा रहेको ग्रीनसिटी अस्पतालको नेतृत्व पुन : लोकबहादुर टण्डनले सम्हाल्ने भएका छन् । उनी स्थापनाकाल देखिनै सो अस्पतालको अध्यक्ष हुन् ।

अस्पतालको सोमबार सम्पन्न चौँथो बार्षिक साधारण सभाले पाँच सदस्यीय नयाँ सञ्चालक समितिको नेतृत्व गर्न टण्डनलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । सो निर्णयसंगै टण्डनले आगामी चार बर्ष सम्मका लागि एक सय शैंयाको सो अस्पतालको नेतृत्व गर्ने छन् ।

त्यस्तै साधारण सभाले सदस्यहरुमा प्रदीपकुमार चौधरी, डा. रोमियो कंसाकार, कृष्णप्रसाद शेरचन र केदारनारायण मानन्धर सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

साधारणसभामा अध्यक्ष टण्डनले वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रमुख कार्यकारी अधिकृत डा. विष्णुप्रसाद गौतमले अस्पतालको कार्ययोजना बारेमा जानकारी दिएका थिए ।

यसैबीच नवनिर्वाचित अध्यक्ष टण्डनले ग्रीनसिटीलाई देशकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित गराउने लक्ष्य लिएको बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष टण्डनले अस्पतालले सो कार्यका लागि सेवा सुविधा विस्तारको कार्य थालनी गरिसकेको बताए ।

Picture 005

त्यसो त ग्रीनसिटी छोटो समयमा सेवा सुविधा विस्तार गर्ने तथा विपन्न तथा असाहायहरुको निशुल्क उपचार गर्ने अस्पतालको रुपमा स्थापित भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *