औषधि द्रुत खरीद प्रक्रिया : २० करोडको लक्ष्य ६ करोडको सम्झौता

नेपाली हेल्थ/काठमाडौँ – medicines-lद्रुत प्रक्रियाबाट तीन महिनालाई पुग्ने गरी ल्याउने भनिएको २० करोड मूल्यको औषधि समयमै प्राप्त नहुने देखिएको छ । आपूर्तिकर्ताले स्वास्थ्य मन्त्रालयसंग अहिलेसम्म ६ करोड रुपैयाँ बराबरको औषधि ल्याउने सम्झौता गरेका छन् । यसले द्रुत प्रक्रिया भएपनि औषधि आउदा ढिलै हुने देखिएको हो ।

भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले सरकारी स्वास्थ्य संस्थामा प्रदान हुदै आएको निशुल्क औषधि अभाव भएको थियो । त्यतिमात्रै नभई केन्द्रीय अस्पतालका लागि चाहिने जीवनदायी औषधिको अभाव भएको थियो । सोही अवस्थालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले गत २८ मंसिरमा एक साता समयसीमा तोकि एक महिना भित्र ८४ प्रकारका औषधि उपलव्ध गराउन आपूर्तिकर्ताहरुलाई आवहान गरेको थियो ।

तर औषधि आउने समय आउन लाग्दासम्म जम्मा ६ करोड मुल्य बराबरका ४४ प्रकारका औषधिहरु ल्याउने सम्झौता भएको छ । बाकी औषधिहरु कुन प्रक्रियाबाट ल्याउने भन्ने अझै टुंगो लागेको छैन ।

‘माघको पहिलो सातासम्म औषधि आइपुग्नु पर्ने हो तर अहिलेसम्म सम्झौतामै अल्झिएको छ । अझ यसमा कमिसनको चक्कर चलेको छ ‘ मन्त्रालय स्रोतले भन्यो , ‘तोकिएको समयमा सम्झौता भइसकेको औषधि पनि आउदैन ।’ तर मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सम्झौता भएका औषधिहरु आउने दावी गरे । उनले बाकी औषधिका बारेमा भने भन्न नसकिने जानकारी दिए ।

सरकारले तीन महिना पछि नियमित प्रक्रियाबाट खरीद गरिएका औषधिहरु आउने भन्दै तत्कालका लागि छोटो प्रक्रिया अवलम्वन गरेको हो । नियमित प्रक्रियाबाट सम्झौता प्रक्रिया पुरा गर्न नै कम्तिमा ७५ दिन लाग्ने अधिकारीहरु बताउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “औषधि द्रुत खरीद प्रक्रिया : २० करोडको लक्ष्य ६ करोडको सम्झौता

  1. नाम छिटो प्रक्रिया काम ढिलो प्रक्रिया, नल्याउनेलाई ठेक्का दिनु कमीसन खाने प्रक्रिया, भूकम्पले मालामाल भएका स्वास्थ्यका हाकिमहरु नाकाबन्दी हुँदा खुशी भाछन् । किनकी कामै पिच्छे कमिसन पाछन् ।

Leave a Reply to Sikhar Cancel reply

Your email address will not be published. Required fields are marked *