नक्कली डाक्टर बनि सक्कली डाक्टरलाई नै फसाउन खोज्ने मैया प्रहरीको फन्दामा

Bhagawati-KC

नेपाली हेल्थ /काठमाडौँ- आफू पनि डाक्टर नै भएको भन्दै थुप्रै युवा डाक्टरलाई आफ्नो बसमा पार्न सफल गुल्मी हस्तिचौर ९ की भगवती केसीलाई प्रहरीले आइतबार सिनामंगलबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार केसीले युवा डाक्टरलाई आफू डाक्टर सुहाना भएको बताउने गर्दथिन ।

डाक्टर प्रमाणित गर्न नक्कली परिचय पत्र भिरेर उनी अस्पतालमा रहेका विरामीलाई समेत चेक गरेको बहाना गर्थिन । पोखराको फेवा अस्पतालमा उनले केही समय चिकित्सककै रुपमा काम समेत गरेको खुलेको छ । तर यदि गर्दा समेत सक्कली डाक्टरले केसी नक्कली हुन भनेर छुट्याउन सकेनन् ।दायाँ बाया नसोची साच्चिकै डाक्टर ठान्ने युवा डाक्टरहरुले उनीसंग प्रेम प्रस्ताव राखे र कोहीलाई उनी आफैले विहेको प्रस्ताव समेत राखिन । रुपको अगाडी बठ्याई तर्फ ध्यान नै नदिएका कतिपय युवा डाक्टरहरु स्वार्थपूर्ति गरी उनी गायव भएपछि मात्रै ठगिएका ठान्ने गर्दथे । पोखरामा गण्डकी अस्पताल, मणिपाल अस्पताल तथा काठमाडौँमा त्रिवि शिक्षण अस्पतालका केही डाक्टरहरुलाई उनले फसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गतवर्ष सम्म पोखराका चिकित्सकलाई फसाउदै आएकी भगवतीको स्थानीय सञ्चारमाध्यममा पोल खोलेपछि रातारात राजधानी आएकी थिइन । उनले राजधानीमा पनि उही हर्कत गरिन ।

चिकित्सक मात्रै होइन युवा उद्यमी होटल व्यावसायीलाई पनि भगवतीले उत्तीकै मुर्गा बनाएकी थिइन । आफू डिआइजी सनत केसीको छोरी भन्दै होटलको विल नतिर्ने , मोडल कलाकार भएको भन्दै उद्योगीहरुलाई आकर्षित गर्ने काममा पनि केही सफल भएको प्रहरीले जनाएको छ ।बेलुका संगै बस्न बोलाउने तर खानामा औषधि राखी बेहोस बनाउने र धनमाल लुटि भाग्ने गर्थिन ।

उनले आफूलाई अदिती, सृष्टी लगायतका नामबाट पनि चिनाउने गर्थिन । उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। भगवतीले ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०,९८०३६४२६०६, ९८६७२८४३५५, ९८२५१६२४१८, ९८१४११५२९६, ९८१३०५८८७१ लगायतका सम्पर्क नम्बरबाट फोन गरी युवा डाक्टरहरुलाई प्रेममा पारेर ठग्ने गरेको प्रहरीले जनाएको छ ।

विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नक्कली डाक्टर बनि सक्कली डाक्टरलाई नै फसाउन खोज्ने मैया प्रहरीको फन्दामा

  1. अरु डाक्टर पनि सक्कली त होइनन क्यारे नत्र एउटा नक्कली केटी डाक्टर बनेर विरामीको चेक गर्दा उसको नक्कली गतिविधी थाह हुदैन । कि मैयाको रुपले नै ट्वाँ पार्यो ?

Leave a Reply to Santosh Cancel reply

Your email address will not be published. Required fields are marked *