डाक्टरको अथक प्रयास पछि राजुको स्वास्थ्यमा चमत्कारिक सुधार

नेपाली हेल्थ /काठमाडौँ-

kdc&generalपरिवारले आस मारिसकेका राजु गुरुङको डाक्टरको अथक प्रयास पछि स्वास्थ्यमा सुधार आएको छ । तीन साता देखी बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालमा उनी उपचाररत छन् । खोटाङ जिल्लामा हेल्थ असिस्टेन्स पदमा कार्यरत गुरुङलाई गत १८ मंसीरमा बेहोस अवस्थामा अस्पताल ल्याइपु¥याएको थियो ।

अनियन्त्रीत मधुमेह संगै शरीर भरी फैलिएको संक्रमण(सेप्सीस वीथ सेप्टिक सक) भएका गुरुङको मृगौलामा समेत समस्या देखिएको थियो । फिजिसियन डा. अच्युत विक्रम हमाल सहित फिजिसियन डा. खेमराज भुसाल, एनेस्थेसिया डा. हेमराज जोशी, नेफ्रोलोजिष्ट डा. उपेन्द्र जोशी र सर्जरीका डा. बिपिन श्रेष्ठको टोलीले गुरुङको उपचार गरेको हो ।

kdc
कान्तिपुर जनरल अस्पतालमा उपचाररत राजु गुरुङ

एक्वीट किड्नी फेलियर समेत भइसकेको गुरुङको करीब १० दिनको भेन्टिलेटरमा राखी उपचार जारी राखेपछि सुधार देखिएको हो ।‘६५ देखी १०९ सम्म हुनुपर्ने सुगर लेभल ६०० बढी पुगेको थियो । पेन्क्रियाज सुन्निएको थियो । सेप्सीस ( शरीर भरी संक्रमण फैलिएको ) एक्वीट किड्नी फेलियर थियो । अनि २४ घण्टाबाट विहोस थियो’ गुरुङलाई अस्पताल ल्याउदाको अवस्था सुनाउदै डा हमालले भने, ‘हामीले तत्कालै आईसीयु भेन्टीलेटरमा लगेर उपचार गरयौ । ६ पटक सम्म मिर्गौला डायलासिस गर्यौँ अहिले मिर्गौला समेत ठिक भएको अवस्था छ । विरामी अहिले सुधारात्मक अवस्था छ ।’

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले दाँत उपचारमा कहलिएको कान्तिपुरले अब जनरल तर्फसमेत उत्कृष्ठता हासिल गरेको बताए । उनले सुविधा आइसियु, भेन्टीलेटर, हेमोडाइलासिस सेवा संगै अस्पतालमा दक्ष चिकित्सक भएकै कारणले जटिल केस सहज उपचार भएको बताए ।

डा. हमालले अत्याधुनिक उपकरण सहितको अस्पताल भएकोले कान्तिपुर जटिल केस हयाण्डल गर्न सक्ने अस्पताल दहरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “डाक्टरको अथक प्रयास पछि राजुको स्वास्थ्यमा चमत्कारिक सुधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *