‘दिशामा रगत गयो ? हेलचेक्राई नगरौँ !’

डा. दिनेश श्रेष्ठ, बरिष्ठ पेटरोग विशेषज्ञ

सामान्यतया दिशामा रगत गयो भने रगतमासी  भयो  भन्ने चलन छ । कसैले ‘पाइल्स’ भएर रगत गयो कि भन्ने गरेका छन् । कसैले मलद्धारमा घाउभयो कि भन्ने पनि गरेका छन् । तर त्यसलाई त्यति गम्भीरताका साथ लिएको पाइदैन जति लिनुपर्ने हो ।

दिशाबाट त्यसरी जाने आलो रगत रगतमासी, पायल्स वा मलद्धारमा घाउ भएर मात्रै नआएको पनि हुनसक्छ । त्यो रगत तपाईको आन्द्रामा घाउभएर आएको हुनसक्छ । आन्द्राको घाउ कोलोन क्यान्सर (ठूलो आन्द्राको क्यान्सर ) पनि हुनसक्छ ।

पछिल्लो समयमा नेपालमा पनि कोलोन क्यान्सरका विरामीहरु निकै बढी देखिएका छन् । दिशामा देखिने रगतलाई सामान्यरुपमा लिदा अन्तिममा निको नहुने अवस्थामा उपचारका लागि अस्पताल आएको केश धेरै देखिएको छ । आन्द्राको घाउ समयमै निको बनाउन सकिएन भने त्यसले गम्भीर समस्या निम्त्याउछ ।

कोलोन क्यान्सर क्यान्सर पिडीत विरामीहरुको सुरुको लक्षण दिशाबाट आलो रगत जाने गर्छ । कसैको मलद्धारको बाहिरी भागमा पाइल्स जस्तो घाउ समेत देखापर्छ । त्यसैले अधिकांशले बाहिरको घाउ वा पाइल्स हो भन्दै त्यसको मात्रै उपचार गरेका हुन्छन, तर त्यो रगत बाहिरको घाउलाई दोश दिन मिल्ने गरि भित्रैबाट बगेको पनि हुनसक्छ ।

भित्रको घाउ बढदै जाने यता बाहिर भने पायल्स भन्दै बस्ने गर्दा क्यान्सर नियन्त्रण भन्दा बाहिर पुगिसकेको हुनसक्छ । त्यसैले दिशामा रगत देखापरयो भने कोलोनोस्कोपी गरी हाल्नु पर्छ । आन्द्रामा घाउ हो कि होइन भन्ने बारे एकिन गर्नका कोलोनोस्कोपी जरुरी भएको हो ।

कहिलेकाही पाइल्ससंगै आन्द्रामा पनि घाउ भएको हुन्छ । त्यसैले दिशामा रगत देखिदा साधारण पाइल्स हो भनेर ढुक्क पर्नु हुदैन । पाइल्सको उपचार गर्नुस तर आन्द्रामा पनि त्यतिवेलै समस्या पनि परेको पो छ कि भनेर विशेषज्ञसंग सल्लाह लिनुस । समयमै रोगको पहिचान भयो भने त्यसले क्यान्सरको सम्भावित दुर्घटनाहुनबाट जोगाउछ ।

पेटका लागि कतिपटक दिशा जानु उचित हुन्छ ?paediatric-constipation-causes-contraceptive-pill-20101

दिशा ढिलो र छिटोले पेटलाई खासै फरक पार्दैन । कसैको दिनमै तीन चार पटक दिशा लाग्छ । कसैलाई हप्ताको तीन चार पटक मात्रै दिसा जान्छ ।

त्यसलाई ठूलो समस्या मानिदैन । तर दिशा गरेका बेला संगै रगत जानु भएन । अझ आलो रगत त जानै भएन । यदि दिसा बसेका बेला दिसा संगै आलो रगत गयो भने ढिलो नगरी स्वास्थ्य परीक्षण गराइहाल्नु पर्छ ।

त्यसैगरी तौल घटनु पनि भएन । यदि आन्द्राभित्र कुनै किसिमको इन्फेक्सन वा इन्फ्लामेसन भयो भने त्यस्तो समस्या आउछ सक्छ । त्यसैले रगत देखा प¥यो सामान्य रुपमा नलिऔ बरु नजिकको अस्पतलामा गई एकीन कारण पत्ता लगाउ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘दिशामा रगत गयो ? हेलचेक्राई नगरौँ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *