‘स्वास्थ्य अधिकार कार्यान्वयनका लागि जनतालाई पैरबी आवश्यक ‘

DSC00289

नेपाली हेल्थ /काठमाडौँ –
संविधानमा उल्लेख स्वास्थ्य अधिकारको क्रियाशील कार्यान्वयनका लागि गैरसरकारी संस्थाले स्वास्थ्य अधिकारका बारेमा जनतालाई पैरबी गर्नुपर्ने बताइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ( रेस्फेक)ले शुक्रबार आयोजित स्वास्थ्य जनताको स्वास्थ्य अधिकारका लागि गैरसकारीसंस्थाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।

संस्थाका अध्यक्ष शान्तलाल मुल्मीले संविधानको धारा ३५ले स्वास्थ्य सेवा जनताको मौलिक अधिकारको रुपमा स्थापित गरेको भन्दै त्यसको व्यवहारिक कार्यान्वयनका लागि गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले जनतालाई अधिकारबारे चेतना अभिबृद्धि गर्ने , पैरब ीगर्ने काम गैरसकारीसंस्थाको रहने भन्दै त्यसमा क्रियाशिल हुन आग्रह गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले नेपालमा करीव ५० हजारको हाराहारीमा गैरसकारीसंस्था रहेको अनुमान भएको भन्दै ती मध्य कति क्रियाशिल छन भन्ने एकिन नभएको बताए । उनले अनुमान गरिएको मध्ये १० प्रतिशतले काम गरेपनि धेरै काम हुनसक्ने बताए ।

नेपाल पव्लिक हेल्थ फाउन्डेसनकी डा तीर्था राणाले सरकारी र गैरसरकारी संस्थाको प्रयासमा नेपालको स्वास्थ्य सेवा सुधारोन्मुख भएको भन्दै थप कामका लागि गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताइन ।

कार्यक्रममा एआइएनका अध्यक्ष निर्मला शर्मा, वियोङ बेइजिङ कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ, स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका निर्देशक डा रमेश कुमार खरेल लगायतले गैरसरकारी संस्थाको भूमिकाका बारेमा धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *