‘नेसोन’को अध्यक्षमा प्रा.डा. गोपालरमण शर्मा

Dr-Gopal-Raman-copy
डा. गोपालरमण शर्मा

नेपालीहेल्थ/काठमाडौँ –

न्युरोसर्जनहरुको छाता संगठन ‘सोसाइटी अफ न्युरो सर्जन (नेसोन)’ को अध्यक्षमा बरिष्ठ न्युरो सर्जन प्रा.डा. गोपालरमण शर्मा चुनिएका छन् । उनी बीर अस्पताल, दीर्घायुगुरु अस्पताल र नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् ।

शुक्रबार राजधानीमा सम्पन्न नेसोनको चौथो साधारणसभाले डा. शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिमा त्रिवि शिक्षण अस्पतालका बरिष्ठ न्युरो सर्जन प्रा.डा. मोहनराज शर्मा, महासचिवमा एसोसियट प्रोफेसर डा. कृष्ण शर्मा, कोषाध्यक्षमा डा. प्रवेश राजभण्डारी र सहसचिवमा डा. एमबहादुर रोका चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा एसोसियटट प्रोफेसर डा. राजीव झा, डा. रेशा श्रेष्ठ, डा. सुमित जोशी, डा. चन्द्रप्रकाश लिम्वु, डा. विक्रम शाक्य र डा. सवल सापकोटा चुनिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *