पैँतिस जना असाहायको निशुल्क स्वास्थ्य परीक्षण

12351003_10153735118847103_216394037_n

नेपाली हेल्थ/ काठमाडौँ –

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ अस्पतालमा ३५ जना असाहाय बालबालिका सहित ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ । रोटर्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज र डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्टिस्ट्री केडिसिएचको सहयोगमा शनिबार उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

12335940_10153735119957103_1781061648_n (1)

बालाजु बोहराटारस्थित सहारा असाहाय बाल सुधार केन्द्रमा आश्रित बालबालिका र पाँच जना कर्मचारीको साधारण स्वास्थ्य तथा मुखस्वास्थ्य परीक्षण भएको थियो । परीक्षण पश्चात आवश्यक पर्नेको रगत जाँच तथा औषधि समेत निशुल्क गरिएको थियो ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बालबालिकाहरुमा भिटामीन तथा पोषणको अभाव देखिएको बताए । उनले कतिपयलाई भाइरल हरपिक टाइप वान ( मुख तथा ओठको कुनामा आउने विमिरा) समस्या भएको बताए । बरिष्ट दन्त चिकित्सक समेत रहेका डा श्रेष्ठले सतप्रतिशत बालबालिकाको दाँत किरा खाने समस्या रहेको बताए । 

12336353_10153735120762103_2003123792_n

स्वास्थ्य परीक्षण पश्चात बालबालिका तथा कर्मचारीलाई मुख स्वास्थ्यको महत्व, मुख स्वास्थ्य कसरी गर्ने ? दाँत कसरी माझ्ने भनेर सिकाएको थियो । त्यस्तै बालबालिकाहरुलाई फोहर बानी कसरी सुधार्ने भन्ने बारेमा समेत प्रशिक्षण दिएको थियो । स्वास्थ्य परीक्षणमा दुई जना जर्मन स्वयंसेवीको समेत उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *