एनआरएनले दियो ३८ लाखको औषधि (फोटो फिचर सहित)

0
Shares

4नेपालीहेल्थ /काठमाडौँ ८ मंसिर-

गैरआवासीय नेपाली संघ (एनआरएन)ले सरकारलाई ३८ लाख रुपैया बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ ।मंगलबार स्वास्थ्य सेवा विभाग आपूर्ती व्यवस्था महाशाखामा भएको कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गरे ।

आज प्रदान गरिएको औषधि तीन करोड रुपैयाको औषधि दिने योजनाकै पहिलो खेप हो । पहिलो खेपमा लाइफसेभिङ औषधि, इमरजेन्सी औषधि , अप्रेसनमा प्रयोग हुने औषधि , उपकरण आइसियुका सामाग्रीहरु छन् ।2

औषधि हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष शेष घलेले भारत, चीन , बंगलादेश लगायतका देशबाट खरीद गरिएका औषधिहरु ल्याउन कार्गोको समस्यका कारण केही ढिलाई भएको बताए । उनले बाकी औषधि निकट भविस्यमै नेपाल आइपुग्ने जानकारी दिए ।

स्वास्थ्यमन्त्री चौधरीले नेपाललाई परेको अप्ठेरो बुझेर एनआरएनले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भारतको नाकाबन्दी र मधेशीमोर्चाको आन्दोलनले स्वास्थ्य क्षेत्रमा परेको असर मेटाउन एनआरएनको सहयोगको प्रशंसा गरे ।

3mn

तस्बिर : श्याम तामाङको फेसबुकबाट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *