‘नेपाललाई न्युन आय भएकै देशको सूचीमा राखियोस’

काठमाडौँ २० कात्तिक –
एचआईभी तथा एड्सका कार्यक्रममा क्रियाशील दर्जनबढी संस्थाले नेपाललाई मध्यम आय भएको देशमा सुचिकृत नगर्न विश्व बैकलाई सुझाव दिएका छन् । उनीहरुले फेरी पनि न्युन आय भएकै देशको सूचीमा निरन्तरता राखिदिन आग्रह गरेका छन् ।

नेपाललाई न्युन आय भएको देशहरुको सूचीबाट हटाई मध्यम आय भएको देशको सूचीमा राख्न खोजेको थाह पाएपछि संस्थाहरुले विश्वबैकको सम्भावित कदम प्रति आपत्ती जनाएका हुन् । उनीहरुले शुक्रबार दिउसो नेपालस्थित विश्वबैकको कार्यालय पुगी बैकका नेपाल प्रवन्धक ताकगया कामतालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

एड्स हेल्थकेयर फाउण्डेसन नेपालको अगुवाईमा गएको दर्जनबढी संस्थाका प्रतिनिधीहरुले नेपालको अवस्था अहिले पनि भयावह रहेको भन्दै यसमा सुधार नआउदासम्म सूचीमा कुनै परिवर्तन नर्गन आग्रह गरेका हुन् । ज्ञापन पत्र बुझाउदै फाउण्डेसनका कन्ट्री प्रोग्राम म्यानेजर दीपक ढुंगेलले नेपालजस्तो न्युन आय भएको देशलाई मध्यम आय भएको देशमा परिणत गर्दा त्यसको असर स्वास्थ्य क्षेत्रमा पाइरहेको अन्तराष्ट्रिय सहयोगमा पर्ने बताए ।

कामतालाई दिएको पत्रमा समेत न्यून आय भएका देशलाई प्राप्त सहयोगबाट किनिने एन्टी रेट्रो भाइरल जस्तो जीवनदायी औषधीको मूल्य बढेर जाने र देशले धान्न गा¥हो पर्ने भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै कामताले नेपालमा कार्यरत एचआईभीका क्षेत्रमा कार्यरत संस्थासंस्थाहरुले संगठीत रुपमा ध्यानाकर्षण गराएकोले यस बिषयमा गम्भिर भएर सोचेर मात्र अगाडि बढ्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *