स्वास्थ्यमन्त्रीमा रामजनम चौधरी, पदबहाली आज

Ramjanam-Chaudhari
रामजनम चौधरी

काठमाडौँ, २० कात्तिक –

विनाविभागीय मन्त्री रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार मन्त्रीमण्डल विस्तार गर्नेक्रममा मन्त्री चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी जिम्मेबारी तोकेका हुन् ।

चौधरीले गत १ कात्तिकमै विनाविभागीय मन्त्रीको रुपमा सपथ लिइसकेका थिए। स्रोतका अनुसार मन्त्री चौधरीले आज (शुक्रबार) दिउसो १ बजे स्वास्थ्य मन्त्रालय पुगी पदबहाली गर्नेछन् ।

मधेशीजनअधिकार फोरम लोकतान्त्रिकका महासचिव समेत रहेका चौधरी संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट प्रत्यक्ष तर्फ विजयी सभासद हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *