स्वास्थ्य सचिवलाई ओलीको निर्देशन ‘ सबै विकल्प खुल्ला गरी औषधि पुर्याउनुस “

 काठमाडौँ, १८ कात्तिक-

Untitled 12719
प्रधानमन्त्री केपी शर्मा ओलीले औषधिको आपूर्ति तथा वितरण व्यवस्था तत्काल मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिर्नेशन दिएका छन् । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री ओलीले सबै विकल्प खुल्ला गरी औषधि जनता समक्ष पु¥याउने बाताबरण बनाउन मन्त्रालयका उच्चअधिकारीलाई निर्देशन दिएका हुन् ।

नाकाबन्दीले देशभर औषधिको हाहाकार हुन थालेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई बालुवाटार बोलाई जानकारी लिएका थिए । उनले सचिव श्रेष्ठलाई औषधिको अभाव हुन नदिन सबै विकल्प खुल्ला गरेर काम गर्न निर्देशन दिएका थिए ।

‘ नाकाबन्दीको कारणले औषधिको हाहाकार हुन हुदैन । यसका लागि जे जस्ता विकल्पहरु छन प्रयोग गरेरै भएपनि यसलाई सहज बनाउनुपर्छ । यसका लागि के मैले के गर्नुपर्छ गर्छु तर तपाईहरुले काम अघि बढाउनुस’ओलीको निर्देशन उदृत गर्दै सचिव श्रेष्ठले भने ।

आफूले अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रमा देखिएको प्रभावबारे ओलीलाई जानकारी गराएको भन्दै उनले अभाव हुन नदिन सबै विकल्प खुल्ला गर्न लागिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *