औषधि आपूर्ति सहज बनाउन उच्चस्तरीय समिति गठन

काठमाडौँ, १८ कात्तिक

भारतको नाकाबन्दीले औषधिको आपूर्ति तथा वितरणमा देखिएको असहजता हटाउन सरकारले ‘औषधि उपलव्धता सहजकीकरण समनन्वय समिति’ गठन गरेको छ । मंगलबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको हो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखा, औषधि उत्पादक संग, वितरक संघ, औषधि व्यवसायी, निजी अस्पताल सञ्चालकहरुको संस्था (अपिन) लगायतका सरोकारवालाहरु सदस्य रहेका छन् । समितिले बुधबार देखी औषधिको मौज्दात अवस्था, आपूर्ति, वितरण र विकल्पका बारेमा समेत अध्ययन गरी दैनिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउनेछ ।

नाकाबन्दी लम्विदै जाँदा देशभर औषधिको हाहाकार हुनथाले पछि प्रधानमन्त्रीस्तरबाट समिति गठन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले औषधिमा देखिन सक्ने समस्याको उपाय र विकल्प खोज्न उच्चस्तरीय समिति गठन भएको बताए । उनले अहिलेको अवस्था पनि गत बैशाखको भूकम्पका बेला जस्तै असहज भएको भन्दै त्यसलाई व्यवस्थित गर्न सरकार लागेको बताए ।
समिति गठन गर्नुअघि मन्त्रालयले सरोकारवालासंग छलफल गरेको थियो । सोही छलफलको सुझावको आधारमा समिति गठन भएको सचिव श्रेष्ठले जानकारी दिए ।
औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले समितिले बुधबारबाटै काम थाल्ने बताए । मेरो नेतृत्वमा समिति गठन भएको छ । यसले औषधि व्यवस्थापन, आपूर्ति , वितरणका बारेमा सबै विकल्प खुल्ला राखेर काम गर्नेछ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *