नेपालमा अवैध सरोगेसी

सरोगेसी शिशु सहित मन्त्रालयमा
काठमाडौँ , १८ असोज
नेपालमा अवैध मानिएको सरोगेसी प्रविधि( भाडाको कोख)बाट जन्मेका शिशु लिएर विदेशीहरु खुल्लम खुल्ला हिडन थालेका छन् । उनीहरुले सरकारका उच्च अधिकारीहरुलाई भेटेर आफूहरुले नेपालका अस्पतालबाटै शिशु जन्माएको भन्दै विदेश लैजाने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

बुधबार दिउसो ६ हप्ताका कलिला शिशु बोकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका तीन जना अष्टेलियन नागरिकले स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई भेटेर बच्चा लैजाने व्यवस्था मिलाइदिन आग्रह गरे । भारतीय महिलाको कोख भाडामा लिएर ग्राण्डी इन्टरनेशनल हस्पिटलमा जन्मेका आङ्खनो शिशुलाई सुरक्षीत रुपमा स्वदेश पु¥याउन पाउ भन्ने उनीहरुको माग थियो ।

गत हप्ता मात्रै अष्टेलियन राजदुत ग्लेन ह्वाइटले आङ्खना नागरिकका रुपमा जन्मेका शिशुहरुलाई स्वदेश लैजाने व्यवस्था गरिदिन मन्त्री अधिकारीसंग माग गरेका थिए । अमेरिकी दुतावासका एक बरिष्ट अधिकारी पनि अघिल्लो साता मन्त्री अधिकारीलाई भेटन मन्त्रालय पुगेका थिए । इजरायली राजदुतले त आफूहरुको देशका नागरिकका १६ जना शीशु पछिल्लो एक महिनामा जन्मेको भन्दै उनीहरुलाई सुरक्षीत रुपमा इजराएल पठाउने व्यवस्था गर्न सरकारको स्वीकृति खोजे ।

नेपालका केही अस्पतालले लुकिलुकी गरेको सरोगेसी धन्दालाई गत ८ भदौमा सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै अवैध घोषणा गरेको थियो । प्रधानन्यायधीश कल्याण श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश दिएपछि सरकारले समेत केही कडाई गरेको छ । विदेश लैजानका लागि चाहिने डकुमेन्ट तथा भिसा प्रकृया रोकिएपछि अहिले इजरायली, अष्टेलियन, अमेरिकी नागरिकहरु उच्च अधिकारीमार्फेत सरकारी अधिकारीलाई दवाव दिदै आएका छन ।

स्वास्थ्य मन्त्री अधिकारीले सर्वोच्चको आदेशले जन्मेका र जन्माउने क्रममा रहेका शिशु तथा सरोगेटस मदरको समस्या हुन थालेको भन्दै विकल्पका रुपमा सल्लाह गर्न थालिएको बताए । उनले नेपालमा सरोगेसी सेवा अवैध भइसकेको कुरा अदालतले भनिसकेको अवस्थामा त्यसअघि लुकि लुकि भएका कामलाई कसरी कारबाहीमा ल्याउने भन्ने छलफल भएको बताए ।

सोमबार मन्त्रीको कार्यकक्ष बाहिर ‘वेटिङ रुम’मा बसेका तीन जना अष्टेलियन बाबुहरुले मन्त्रीलाई शिशु लैजाने व्यवस्था गर्न माग गरेका थिए । आङ्खनो बच्चा बताउने ती तीन जनाको उमेर २५ देखी ४० बर्ष छ । आङ्खनो नाम बताउन नमानेका उनीहरुले आङ्खनो बच्चा ग्राण्डी इन्टरनेशनल हस्पिटल धापासीमा ६ साता अघि जन्मिएको बताए । उनीहरुले ती शिशुलाई जन्मदिने सरोगेट मदर भारतीय महिला भएको बताए ।

नौ  महिनाका लागि छुट दिने तयारीमा सरकार

सर्वोच्च अदालतले नेपालमा सञ्चाल भएको सरोगेसी सेवालाई गैरकानूनी ठहर गर्दै सेवा सञ्चालन नगर्न नगराउन गत ८ भदौमा सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर सरकारले भने त्यसअघि नै सेरोगेटस मदर बनिसकेकाहरुका लागि बच्चा जन्माउन सक्ने व्यवस्था गर्न लागेको छ । मन्त्रालयले असोज १ देखी लागू हुने गरी २७२ दिन(९ महिना) सम्मका सेरोगेटमदर बनेकाहरुलाई सुरक्षीत रुपमा बच्चा जन्माउन सक्ने र शिशुहरुलाई विदेश लान दिने तयारी गरेको हो । त्यसका लागि स्वास्थ्य मन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो ।

मन्त्रालयका सहसचिव श्रेष्ठले लुकि लुकि ‘सरोगेट्स मदर’ भइसकेका महिलाको पेटमा हुर्किसकेको बच्चालाई जन्माउन दिनुपर्ने मानवीय कर्तव्य भएको भन्दै एक पटकका लागि सो व्यवस्था गर्न लागेको बताए । उनले ८ भदौको निर्देशन पछि सरोगेसी सेवा दिने भनिएका अस्पतालहरुलाई कडा निर्देशन दिएको भन्दै त्यसपछिका जन्मनेहरुका लागि कारबाही गरिने बताए ।

नेपालमा सबैभन्दा बढी सरोगेसी सेवा लिने इजरायली, अष्टेलियन र अमेरिकी नागरिकको तर्फबाट सम्वन्धीत देशका राजदुतले दवाव दिएपछि सरकारले प्रक्रियामा गइसकेका का लागि छुट दिने संकेत गरेको हो ।मन्त्रालयका एक अधिकारी भन्छन,‘ विदेशी र एजेन्टको अगाडी फेरी पनि सरकार झुकेको छ । आङ्खना देशमा अवैध घोषणा गर्ने तर यहाँ  आएर सोही कार्य गर्नका लागि चाहि राजदुतहरु नै लागी पर्ने भएको छ ।’ उनले अवैध रुपमा सेवा दिएका अस्पतालहरुलाई कारबाही गर्नुको सरकारले खुट्टा कमाएको आरोप लगाए ।
ग्राण्डी सिटिले स्विकार्यो  , ग्राण्डी , ओम र भेनसले अस्विकार गर्यो ।

अवैध रुपमा सेरोगेसी सेवा सञ्चालन गरेको भन्ने उजुरी तथा पत्रपत्रिकामा समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत महिना अस्पतालहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसक्रममा विभिन्न आरोपित अस्पतालहरुसंग सेरोगेसी बारेजानकारी लिएको थियो । यसक्रममा जमलमा रहेको ग्राण्डी सिटीले सेरोगेसी सेवा सञ्चालन गरेको स्वीकार गरेको छ ।

उसले आङ्खनो संरक्षणमा अझै १८० जना सेरोगेट्स मदर ( भाडामा कोख उपलव्ध गराउने आमा)हरु रहेको मन्त्रालयललाई जनाएको छ । तर सबै भन्दा पहिले देखी सेवा दिदै आएको धापासीको ग्राण्डी इन्टरनेशनल हस्पिटलले भने सेवा नदिएको बताएको छ । त्यस्तै चावहिलको ओम हस्पिटल एण्ड रिर्सच सेन्टर र भेनस हस्पिटलले पनि सेवा नदिएको दावी गरेको छ । तर सोमबार मात्रै ग्राण्डी इन्टरनेशनल हस्पिटलमा जन्मेका ६ हप्ताका शिशु लिएर तीन जना अष्टेलियन स्वास्थ्य मन्त्री भेटन मन्त्रालय पुगेका थिए ।

मन्त्रालय योजना महाशाखाका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले ग्राण्डी सिटी बाहेक अन्य अस्तपालले सेवा नदिएको भन्ने बेहोराको पत्र पठाएको बताए । उनले केही महिलाहरु नेपाली जस्तै भेटिए पनि कागज र प्रमाणहरु सबै भारतीय भएको बताए ।‘ नेपाली बोल्छन, तर सबै प्रमाणहरु भारतको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *