#सरुवा

स्वास्थ्य मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

काठमाडौँ, २५ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी डा जागेश्वर गौतमलाई दिएका छन् ।

स्वास्थ्यका कानुन उपसचिव भुसालको सरुवा, नयाँ उपसचिव रेग्मी

काठमाडौँ, २२ कात्तिक – स्वास्थ्य मन्त्रालयका कानुनउपसचिव खिमानन्द भुसालको सरुवा भएको छ । कानुन मन्त्रालयले भुसाललाई स्वास्थ्यबाट कृषि मन्त्रालयमा सरुवा गरेको हो । उनको स्थानमा कृषि मन्त्रालयका कानुन उपसचिव शम्भु रेग्मीलाई पठाएको छ । सरुवाको निर्णय २१ भदौमा भएपनि भुसाल अहिलेसम्म स्वास्थ्यमै रहेका थिए ।