त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण

काठमाडौँ, १६ असार । त्रिवि शिक्षण अस्पतालमा सोमबार शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण देखिएको छ । शल्यक्रिया गर्नु अघि संकलन गरेको थ्रोट स्वावको शिक्षण अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक प्राडा शान्तकुमार दासले बताए ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २१ जेठ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। दोलखा स्थायी घर भएका ७६ वर्षीय पुरुषको आज दिउसो ३ : ५५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले बताए ।