७३ जिल्लामा फैलियो डेंगी संक्रमण

92
Shares

काठमाडौँ, २० असार । नेपालमा ७३ वटा जिल्लामा डेंगीरोगको संक्रमण फैलिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनवरीयता जुलाई ३ सम्म ७३ वटा जिल्लामा १ हजार ४३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लामा १५९ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

यस्तै, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ८३, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

डेंगी रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *