जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

काठमाडौँ, २० असार । मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् ।
भीमफेदी गाउँपालिका ।६ स्थित उर्लाघारीका एकै परिवारका सदस्यहरूले जङ्गली च्याउ खाई बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
च्याउ खाएर बिरामी हुनेमा स्थानीय वर्ष ६५ की मङ्गली मायाँ स्याङ्तान, निजको छोरा वर्ष ३२ का बुद्धिबहादुर स्याङ्तान, बुद्धिबहादुरका श्रीमती वर्ष ३० की पासाङ मायाँ स्याङ्तान, छोरा वर्ष का लासाङ स्याङ्तान, वर्ष १९ की लक्ष्मी मायाँ स्याङ्तान, वर्ष १५ की पार्वती स्याङ्तान र वर्ष ७ की आरती स्याङ्तान रहेका छन् ।
च्याउ खाएर गएराति बिरामी भएका सबैको अवस्था मध्यम रहेको छ । बिरामी मङ्गली मायाँ स्याङ्तान र लक्ष्मी मायाँ स्याङतानको हटौँडा अस्पतालमा उपचार भई रहेको छ । बाँकी पाँच जनालाई थप उपचारको लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

