प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन

16
Shares

काठमाडौँ, १६ असार । जिल्ला प्रशासन कार्यालय अछामले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उदघाटन गरका हुन् ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताए । यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उनले बताए ।

यो कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा, बालविवाह र लागूऔषध दुर्व्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले जानकारी दिए।

कार्यक्रम प्रभावकारी बन्दै गएका बेलामा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिने गरी स्वास्थ्य परीक्षण गरिने भएको हो । प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया काली कुँवरको स्वास्थ्य जाँच गरेर अभियानको शुभारम्भ गरिएको हो ।

सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गरिने र सोमबारदेखि निरन्तर मधुमेह परीक्षण गरिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए ।

सेवाग्राहीको स्वास्थ्य जाँचका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मङ्गलसेन नगरपालिकालगायतका स्थानीय तहबाट प्राविधिक सहयोग रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *