नाफामा जान थाल्यो साझा स्वास्थ्य सेवा

काठमाडौँ, ८ असार । सरकारी लगानीका अधिकांश उद्योग व्यवसाय घाटामा गइरहेका बेला सरकारकै अधिकांश स्वामित्व रहेको साझा स्वास्थ्य सेवाले घाटालाई छिचोल्दै नाफा आर्जनको अवस्थामा पुगेको छ ।
स्थापनाको ६० औँ बर्षमा आईपुग्दा साझाले ४५ लाख बढी नाफा आर्जन गरेको छ । संस्थाले पछिल्लो वर्षमात्रै ६० करोड बढीको कारोवार गरेको थियो ।
आम जनतालाई न्युनशुल्कमा गुणस्तरीय औषधि उपलव्ध गराउने उदेश्यका साथ विसं २०२१ सालमा स्थापित साझा स्वास्थ्य सेवाको ५ वटा महाशाखा, ८ वटा शाखा र २८ वटा फार्मेसीहरु रहेका छन् ।
६० औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणी भण्डारीले घाटालाई छिचोल्दै नाफाको अवस्थामा आएको बताए ।
हुन पनि उनी महाप्रवन्धक भइसकेपछि साझाको दश वर्ष देखि रोकिएको १५ औँ साधारण सभाबाट निर्वाचन गरी नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति आएको थियो । त्यस यता संस्थाले घाटा व्यवहोर्नु परेको छैन ।
‘गतवर्ष पनि नाफा नै थियो , यसवर्ष पनि नाफा हुनेछ । राज्यको ५८.७५ प्रतिशत स्वामित्व रहेको यो संस्थाले घाटालाई नाघेर नाफामा आउनु आफैमा सुखद कुरा हो,’महाप्रवन्धक भण्डारीले भने । उनले यसको श्रेय नयाँ सञ्चालक समिति तथा कर्मचारीहरुबीच बाढेँ ।

पछिल्लो समय सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा अस्पताल फार्मेसी सञ्चालन गर्नु पर्ने व्यवस्था छ । महाप्रवन्धक भण्डारी भन्छन्, ‘अस्पतालका फार्मेसीले बिरामीको ६० प्रतिशत माग पुरा गर्दछन् भने ४० प्रतिशत बाहिरका फार्मेसीबाट खरीद गर्लान तर त्यो ४० प्रतिशतमा साझाको हिस्सा सबैभन्दा बढी बनाउने गरी बर्तमान टीम लागेको छ।’
जनतामा गुणस्तरीय औषधि तथा औषधिजन्य सामग्रीको सुपथ सहज र निरन्तर उपलव्धता साझा स्वास्थ्य सेवाको विस्तार उन्नती प्रगती एवं आत्मनिर्भरता हाम्रो प्रतिवद्धता हो महाप्रवन्धक भण्डारीले भने ‘त्यसका लागि सबै पक्षको सहयोग जरुरी हुन्छ ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 





नेपाली हेल्थ/राम प्रसाद जि लाई समाचार सम्प्रेषण को लागि धेरै धेरै धन्यवाद !