‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका लोकार्पण

44
Shares

काठमाडौँ, ४ असार । बालबालिका लक्षित ‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका लोकार्पण भएको छ।

तिलगंगा आँखा प्रतिष्ठानमा आज एक कार्यक्रम गरी उक्त पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क प्रमुख अतिथीका रुपमा रहेकी थिइन्।

तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ तथा फेलिसिटी भोल्कद्वारा उक्त जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएको हो।

अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुने बताइएको छ।

एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा। फ्रेड होलोज र डा सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँनेछन्।

दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *