काठमाडौँ महानगरले विनियोजन गरेको चालु आवको स्वास्थ्यको बजेट खर्च १८ प्रतिशत मात्रै

काठमाडौँ, ४ असार । क्षेत्रगत रुपमा बजेट विनियोजन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ का लागि स्वास्थ्यमा कुल १ अर्व १० करोड ६५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको थियो ।
तर, चालु आर्थिक बर्षको जेठ मसान्तसम्म १७.८४ प्रतिशत मात्रै अर्थात १९ करोड ७३ लाख ७५ हजार ६९१ रुपैयाँ ७८ पैसा मात्रै रकम खर्च भएको छ ।
महानगरले चालु आर्थिक वर्ष सकिनै लाग्दा र नयाँ बजेट विनियोजन गर्ने तयारी भइरहेका बेला विनियोजन र खर्चको अवस्था सार्वजनिक गरेको हो ।
महानगरका अनुसार चालु आर्थिक बर्षमा विभिन्न १४ वटा विषयगत क्षेत्र तय गरी बजेट बाँडफाँड गरेको थियो । त्यसमा श्रम तथा रोगजारीमा १० लाख, भुमी व्यवस्थाको ६ लाख, जलस्रोत तथा सिजाईको २ करोड रुपैयाँ गरी तीनवटा विषयगत क्षेत्रको बजेट एक पैसा खर्च नभई रहेको पाइएको छ ।
विषयगत क्षेत्रमा सबैभन्दा बढी ७६.७५ प्रतिशत खर्च भने वित्तिए सुशासनमा भएको पाइएको छ । महानगरले चालु आर्थिक बर्षमा वित्तिय सुशासन तर्फ ५९ लाख रुपैयाँ मात्रै छुट्याएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

