आगामी ७ असारका दिन विश्व योग दिवस मनाईदै

यसपटकको दिवस महिला सशक्तिकरणमा जोड
112
Shares

काठमाडौँ, ४ असार । यसवर्षको विश्व योगद दिवस आगामी ७ असारका दिन मनाईने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यसवर्षको विश्व योग दिवसको नारा महिला सशक्तिकरणका लागि योग भन्ने तय भएको छ ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ७ असारका दिन सबै स्थानीय तहलाई तोकिएको नाराका साथ योग दिवस मनाउन पत्राचार गरेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा सामान्यले सबै स्थानीय तहमा योग दिवस मनाउन पत्राचार गरेको हो ।

पछिल्लो समय नसर्ने रोगको प्रकोश बढी रहेका बेला त्यसलाई नियन्त्रण गर्नका लागि पनि योगको विशेष महत्व रहेको चर्चा गरिएको छ । योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्ने गरेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *