बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न सांसद कंसाकारको माग

24
Shares

काठमाडौँ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद कंसाकारले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरेकी हुन् ।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरिन् ।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताइन्।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताइन् । जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *