सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री बने ओमबिक्रम भाट

72
Shares

 

काठमाडौँ, २८ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) लाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ का निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्री, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।

यस्तै, एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *