सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री बने ओमबिक्रम भाट

काठमाडौँ, २८ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) लाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ का निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्री, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

