सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशील डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारद्धारा सम्मान

136
Shares

काठमाडौँ, २२ जेठ । सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ठ योगदान दिएको भन्दै इन्डोनेसिया सरकारले डा तारा सिंह बमलाई विशेष सम्मान प्रदान गरेको छ ।

इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा बमलाई विशेष सम्मान पत्र प्रदान गरेका हुन् ।

विगत १७ वर्षदेखि इन्डोनेसिया तथा विश्वका विभिन्न क्षेत्रमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा बमलाई उक्त उक्त सम्मान प्रदान गरिएको हो ।

डा बमले सुर्तीजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् ।

डा बम यसअघि लामो समय इन्टरनेशनल यूनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एशिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए । अहिले भने उनी सुर्ती नियन्त्रण सम्वन्धी संस्था भाइटल स्टार्टेजी नामक संस्थामा आवद्ध छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *