ललितपुरको लुभुमा ५२५ विद्यार्थीको नि:शुल्क कान परीक्षण

72
Shares

काठमाडौँ, २२ जेठ । ललितपुरको लुभुस्थित महालक्ष्मी माविका ५२५ जना विद्यार्थीको सोमबार निशुल्क रुपमा दृष्टि, कान र श्रवण परीक्षण गरिएको छ ।

सेवा स्पिच एण्ड हियरिङ क्लिनिक तथा नेपाल ऑखा अस्पताल त्रिपुरेश्वरको सहयोग तथा नन्दकिशोर प्रतिभा प्रतिष्ठानको संयोजनमा विद्यालयले शिविरको आयोजना गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको दृष्टि, कान र श्रवण परीक्षण गरिएको हो ।

उक्त शिविरमा परीक्षण पछि श्रवण शक्ति कमजोर रहेका ४७ जना अशक्त विद्यार्थीहरूलाई थप उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गरिने प्रतिष्ठानका अध्यक्ष नन्दकिशोर श्रेष्ठले बताए। त्यसैगरी नेपाल आँखा अस्पतालका आउटरीच कोअर्डिनेटर राम केसीले दृष्टि जाँच गर्दा कम्जोर दृष्टि हुने २५ जना विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिने बताए ।

शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा लिजन महर्जन र डा. अन्जु शाह, मेडिकल अफिसर डा. अजय पाण्डेय, डा. आशिष पाण्डे र डा. लसता शाक्यले सेवा दिएका थिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठ, प्रधानाध्यापक निलप्रसाद दुलालले दृष्टि तथा श्रवण कमजोरीले विद्यार्थीको पठनपाठनमा धेरै असर गर्ने भएकाले हरेक विद्यालयले दृष्टि तथा श्रवण कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

सेवा स्पीच एण्ड हेयरिङ क्लिनिक सञ्चालनमा आएको डेढ वर्ष भयो । यस क्लिनिकमा बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ। यस क्लिनिकमा तीन जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) कार्यरत रहेका छन् । क्लिनिका डा महर्जनले सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यस क्लिनिकमा हुने डा महर्जनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *