झापाका ६ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

24
Shares

काठमाडौँ, २१ जेठ । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आजदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा पनि यो सेवा सुरु भएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ ।

झापाका बीएन्डसी टिचिङ अस्पतालसहित ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

अस्पतालहरुमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरुले हेमोडाइलासिसका लागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *