धूमपानविरुद्धको अभियानमा फ्रन्टलाइन अस्पताल र सामुदायिक प्रहरी सेवा चाबहिलको वाकाथन

काठमाडौँ, १९ जेठ । विश्व धूमपानरहित दिवसको अवसरमा फ्रन्टलाइन अस्पताल र सामुदायिक प्रहरी सेवा चावहिलकोे संयुक्त आयोजनामा शुक्रबार विहान जनचेतनामुलक वाकाथन कार्यक्रमको आयोजना गरिएको छ ।
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष नवराज पाण्डे, क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपाने, उप-प्रमुख कार्यकारी कृष्ण नेपालीको सहभागिता थियो ।
वाकाथनमा ठूलो संख्यामा सहभागीहरू उपस्थित भएका थिए । जसले सुर्तीजन्य पदार्थ विरुद्धको विभिन्न ब्यानर, प्लेकार्ड प्रदर्शन गर्दै सहभागिता जनाएका थिए । अस्पतालबाट सुरु भएको वाकाथन बत्तिसपुतली, गौशाला, रातोपुल, मैतीदेवी, सेतोपुल हुँदै अस्पतालमा आएर समापन भएको थियो ।

वाकाथन पछि बोल्दै अस्पतालका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले यस अवसरमा ूधूम्रपान निषेधू को नारा दिँदै सबैलाई स्वस्थ बानीहरू अपनाउन आग्रह गरे। यस अवसरमा, फ्रन्टलाइन अस्पतालका जनसम्पर्क र मार्केटिङ विभागका प्रमुख रवि खड्काले पनि नो टोवाको डे को महत्त्वबारे चर्चा गर्दै धूम्रपान रहित समाज बनाउन सबै मिलेर लाग्नु पर्ने बताए ।
अस्पतालले यो पहलले सामुदायिक स्वास्थ्य सुदृढ गर्न र स्वास्थ्य संस्थाहरू र सार्वजनिक सेवाहरू बीचको सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण कदम भएको जनाएको छ । यस्तै अस्पतालले सामुदायिक प्रहरी सेवा चाबहिलसंग यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

