संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ, १ जेठ । आर्थिक बर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
यसअघि संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई भने अवरोध नगर्ने जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

