संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

52
Shares

काठमाडौँ, १ जेठ । आर्थिक बर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम आज  सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यसअघि संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई भने अवरोध नगर्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *