डा. रन्जीतकुमार झाले ल्याए राष्ट्रबादी गीत ‘हाम्रो देश’

काठमाडौँ, २७ चैत । रञ्जितकुमार झा पेशाले चिकित्सक हुन् । सरकारी सेवामा कार्यरत उनी अहिले दोलखाको जिरी अस्पतालमा कार्यरत छन् ।
तर, उनी आफूलाई चिकित्सक मात्रैमा सिमित राख्न चाहँदैनन् ।
मुख्य पेशा संगै उनले आफ्नो कला तथा प्रतिभाको माध्यमबाट समेत परिचित हुन चाहन्छन् ।
दुईवटा नेपाली भाषा र एउटा मैथलीभाषाको गिती एल्बम निकालेका उनले ५० बढी गीतमा स्वर दिईसकेको बताउँछन् ।
पछिल्लो समय उनै डाक्टर झाले गायक राजेशपायल राईसंगको युगल स्वरमा नयाँ गीत पस्केका छन् हाम्रो देश ।
‘यो नयाँ गीतमा शव्द संगित मेरै हो, स्वरमा राजेशले साथ दिनु भएको छ,’ डा. झाले भने ।
नयाँ गीतमा राखिएका शब्द देश भक्ति भावले भरिएको छ । त्यसमाथि म्युजिक भिडियोले स्वरमा सुगन्ध थपिदिएको छ ।
‘राष्ट्रियतामा खलल हुनु हुँदैन । हामी नेपालीहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने सन्देश दिनका लागि यो गीत पस्केको हुँ । अब अरु विधाका गीत पनि ल्याउँदै छु,’ डा. झाले भने ।
यस्तो छ उनको नयाँ गीत
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

