डा. रन्जीतकुमार झाले ल्याए राष्ट्रबादी गीत ‘हाम्रो देश’

284
Shares

काठमाडौँ, २७ चैत ।  रञ्जितकुमार झा पेशाले चिकित्सक हुन् । सरकारी सेवामा कार्यरत उनी अहिले दोलखाको जिरी अस्पतालमा कार्यरत छन् ।

तर,  उनी आफूलाई चिकित्सक मात्रैमा सिमित राख्न चाहँदैनन् ।

मुख्य पेशा संगै उनले आफ्नो कला तथा प्रतिभाको माध्यमबाट समेत परिचित हुन चाहन्छन् ।

दुईवटा नेपाली भाषा र एउटा मैथलीभाषाको गिती एल्बम निकालेका उनले ५० बढी गीतमा स्वर दिईसकेको बताउँछन् ।

पछिल्लो समय उनै डाक्टर झाले गायक राजेशपायल राईसंगको युगल स्वरमा नयाँ गीत पस्केका छन् हाम्रो देश ।

‘यो नयाँ गीतमा शव्द संगित मेरै हो, स्वरमा राजेशले साथ दिनु भएको छ,’ डा.  झाले भने ।

नयाँ गीतमा राखिएका शब्द देश भक्ति भावले भरिएको छ । त्यसमाथि म्युजिक भिडियोले स्वरमा सुगन्ध थपिदिएको छ ।

‘राष्ट्रियतामा खलल हुनु हुँदैन । हामी नेपालीहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने सन्देश दिनका लागि यो गीत पस्केको हुँ । अब अरु विधाका गीत पनि ल्याउँदै छु,’ डा. झाले भने ।

यस्तो छ उनको नयाँ गीत

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *