कोभिड संक्रमणबाट विश्वभर ७० करोड बढी संक्रमित, ७० लाख बढीको मृत्यु

488
Shares

काठमाडौँ, १८ चैत । फाट्ट फुट्ट केश देखिए पनि हिजो आज कोभिड – १९ प्रति वास्ता हुन छोडेको छ । कुनै बेला विश्वलाई नै ठप्प पारेको यो भाइरसले अहिले नेपालमा मात्रै होइन विश्वभरबाटै ‘भाउ’ पाउन छाडेको छ ।

सन् २०१९ को अन्तिम समयमा चीनमा पहिलो पटक देखिएको यो भाइसरको फैलावट यति नराम्रोसंग भयो कि केही महिना पछि विश्वलाई नै लकडाउन गराईदियो । गरीव मात्रै होइन विश्वका धनी, विकसित र शक्तिशाली मुलुकलाई समेत निरिह बनाइदियो । तर बैज्ञानिकहरुले तिब्रगतिमा विस्तार गरेको खोप र त्यसको कभरेजले अहिले सो सामान्य भाइरसमा परिवर्तन भएको छ ।

कोभिड – १९ बाट प्रभावित कति ? मृत्यु कति ?

कोभिडबाट प्रभावित कति र मृत्यु कति भयो भन्ने एकीन तथ्यांक अझै पनि आइसकेको छैन । तर कोभिड-१९ को महामारीका बेला चर्चामा आएको विश्वव्यापी तथ्यांक प्रस्तुत गर्ने साइट वर्ल्डोमिटरले तथ्यांक राखेको छ ।

सन् २०२० को ज्यानवरी देखि विश्वका २३१ वटा देशको तथ्यांक अपडेट गरेको वर्ल्डोमिटरले अहिले पनि त्यसलाई जारी नै राखेको छ । वर्ल्डमिटरका अनुसार अहिले अष्ट्रेलियामा ३१८ जना नयाँ संक्रमित देखिएका छन् ।

उसका अनुसार सन् २०२० को ज्यानवरी देखि सन् २०२४ को मार्च ३० सम्म विश्वभर ७० करोड ४५ लाख ३९ हजार १८ जनामा कोभिड -१९ को संक्रमण देखिएको छ । ती मध्ये ७० लाख ८ हजार ९५८ जनाको मृत्यु भएको छ । यो मृत्युदर झण्डै १ प्रतिशत हो ।

यस्तै वर्ल्डोमिटरले ६७ करोड ५३ लाख ९५ हजार ६११ जनाले कोभिड १९ को संक्रमणलाई जितेर घर फर्केको उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *