नयाँ मन्त्रिमण्डल : एमालेबाट विष्णु पौडेल, पदम गिरी, महासेठको चर्चा

456
Shares

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धन फेरिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहालले आज नयाँ मन्त्रिमण्डल गठन गर्ने भएका छन् । नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेत समावेश हुने बताइएको छ ।

नयाँ मन्त्री मन्त्रिमण्डलमा एमालेबाट पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेल, पूर्व स्वास्थ्य मन्त्री पदम गिरी, रघुविर महासेठ लगायत सहभागी हुने बताइएको छ । यद्धपी अहिलेसम्म मन्त्रालयको टुंगो लागेको छैन ।

‘अहिले अध्यक्ष कमरेड बालुवाटार जानु भएको छ, सरकारमा सहभागी हुनेहरुको नाम र जिम्मेवारी त्यहि टुंगो लाग्छ । नयाँ गठबन्धनका अरु दललाई पनि मिलाएर लैजानु पर्ने भएकोले केही तलमाथि पनि हुन सक्छ । तर अहिलेसम्म टुंगो लागेको नाम यिनै हुन्,’ एमालेका एक नेताले भने ।

नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने कोशिष गरिएको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *