अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालद्धारा डा. शाहीलाई सम्मान

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीलाई शुक्रबार विशेष सम्मान गरेको छ । क्यान्सर रोगको उपचार तथा सचेतनामा उल्लेखनीय योगदान गरेबापत डा शाहीलाई विशेष सम्मान गरिएको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सम्मान गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्र्राध्यपक समेत डा शाहीले क्यान्सर रोगको उपचारसंगै जनचेतना फैलाउने कार्यमा सक्रिय ढंगले काम गरेकोले सम्मान गरिएको बताएको छ ।

यसअघि उनले नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्राप्त गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *