अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालद्धारा डा. शाहीलाई सम्मान

0
Shares

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीलाई शुक्रबार विशेष सम्मान गरेको छ । क्यान्सर रोगको उपचार तथा सचेतनामा उल्लेखनीय योगदान गरेबापत डा शाहीलाई विशेष सम्मान गरिएको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सम्मान गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्र्राध्यपक समेत डा शाहीले क्यान्सर रोगको उपचारसंगै जनचेतना फैलाउने कार्यमा सक्रिय ढंगले काम गरेकोले सम्मान गरिएको बताएको छ ।

यसअघि उनले नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्राप्त गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *