पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् ।
जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

