पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् ।
जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




